Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१९ पुग्याे

User Photo बुधबार, बैशाख ३१, २०७७
काठमाण्डाै ।

धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै हिजो जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितमा एक जना पत्रकार र एक जना पुस्तक व्यवसायी रहेको बताइएको छ ।

प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् । धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। यस्तै ३४ जना निको भएर घर फर्किएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.