Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

मृतक सुत्केरीको पीसीआर रिपोर्ट पनि पोजिटिभ

User Photo शनिबार, जेष्ठ ३, २०७७
काठमाण्डाै ।

कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।

उनको बिहीबार राति मृत्यु भएको हो। ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने। ति अधिकारीका अनुसार महिलाको पीसीआर रिपोर्ट मन्त्रालयले नियमित प्रेस सम्मेलनमा दिनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.