Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

काेराेनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको काठमाडौंमा अन्त्येष्टि

कोरोनाको कारण मृत्यु भएको औपचारिक पुष्टि नगर्दै अन्त्येष्टि गर्ने तयारी

User Photo शनिबार, जेष्ठ ३, २०७७
काठमाण्डाै ।

स्वास्थ्य मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी महिलाको कोरोनाको कारण मृत्यु भएको औपचारिक पुष्टि नगरी सेनाको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टि गर्न लागिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सुरक्षाका उपाय अपनाउँदै कार्यविधिअनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहितको टोलीले शव अन्त्येष्टिको लागि लगिएको हो ।

शव लैजान प्रयोग भएको शववहानका चालक, एम्बुलेन्सका चालक, स्वास्थ्यकर्मी, मृतकका श्रीमान्‍सहितलाई पीपीई, बुट लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीसहित पठाइएको सुरक्षा निकाय स्रोतले जनाएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया महिलाको बिहीबार धुलिखेलमा मृत्यु भएको थियो । मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परिक्षण गर्दा कोरोना देखिएको थियो । थप परीक्षण गर्न उनको स्वाब शनिबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

‘सेनाको टोलीले काभ्रेबाट सदगद गर्न काठमाडौं हिँडाइसक्यो,’ अस्पताल स्रोतले भन्यो । उनको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहबाट अन्त्येष्टि गर्न लागिएको हो । काभ्रेमा शव बाहन नपाएपछि काठमाडौंबाट लगिएको थियो ।

‘कोरोनाकै कारण मृत्यु भएकोले सेनाले स्कर्टिङ गरेको छ । सदगत गर्न आउने टोलीमा ५ जना छन्,’ काभ्रेका एक सुरक्षा अधिकारीले भने, ‘सदगत गर्ने एकजनालाई पनि पीपीई पठाएका छौं ।’ मृतकका श्रीमानलाई छुट्टै गाडीमा पठाइएको ती सुरक्षा अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी रहेकोले औपचारिक घोषणा नभएको बताए । ‘रिपोर्ट नआएसम्म औपाचारिक केही बोल्न मिलेन । रिपोर्ट आउने बित्तिकै हामी सार्वजनिक गर्छौं,’ उनले भने, ‘शव व्यवस्थापको बारेमा जानकारी भएन ।’

शवको व्यवस्थापनमा खटिएका सबैलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राख्ने तयारी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.