Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

बुद्धशान्ति गाउँपालिकाको बिना प्रतिस्पर्धा फार्मेसी संचालन प्रकृया अगाडी बढाउने निर्णय बदर

अन्तत : बुद्धशान्ति गाउँपालिकाले खुल्ला प्रतिष्पर्धाकै बाटाे रोज्यो

User Photo आइतवार, जेष्ठ ४, २०७७
झापा ।

बुद्धशान्ति गाउँपालिका बिना प्रतिस्पर्धा आरएमसी मेडिकल सेन्टर अर्जुनधारालाई स्वास्थ्य विमा सहितको फार्मेसी सञ्चालनको अनुमति दिने निर्णयबाट पछि हटेकाे छ।

आइतबार कार्यपालिकाको बैठक बसेरै बिना प्रतिस्पर्धा फार्मेसी सनंचालन प्रकृया अगाडी बढाउने निर्णय बदर गर्दै खुल्ला प्रतिष्पर्धाबाट फार्मेसी सञ्चालन गराउने निर्णयमा पुगेकाे छ ।

बिना प्रतिस्पर्धा फार्मेसी सन्चालन प्रकृया अगाडी बढाउँदा विवादमा मुछिएकाे गाउँपालिकाले अब खुल्ला प्रतिष्पर्धाकाे बाटाे राेजेकाे छ ।

सार्वजनिक खरिद ऐन र नियमावली अन्तर्गत रहि सार्वजनिक सूचना नै प्रकाशित गरेर ७ दिने सिलबन्दी काेटेसन माग गर्ने निर्णय भएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत इन्द्रप्रसाद चापागाईंले जानकारी दिनुभयाे । सार्वजनिक सूचना भाेलीसम्ममा प्रकाशित गर्ने गरिको तयारी भएको बुझिएको छ । वाषिर्क ५ लाख रूपैयाँ निम्नतम मुल्यमा ३ बर्से सम्झौताका लागि काेटेशन माग गरिने छ ।

यसअघि गत बैशाख २५ गते बुद्धशान्ति कार्यपालिका बैठकले आरएमसी मेडिकल सेन्टर अर्जुनधारालाई स्वास्थ्य विमा सहितको फार्मेसी सञ्चालनको अनुमति दिने निर्णय गरेकाे थियो ।

वार्षिक ५ लाख रुपैँया (प्रत्येक वर्ष ५ लाखको दश प्रतिशत बढ्ने गरी) गाउँपालिकालाई आरएमसी मेडिकल सेन्टरले दिने गरी चारवर्षे सम्झौताको निर्णय भयो । गाउँपालिकाको यो निर्णय प्रती आशंका बढेपछि विराेध भएकाे थियाे ।

गाउँपालिकाले स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन गर्न आरएमसी मेडिकल सेन्टर सञ्चालकले महत्त्वपूर्ण सहयोग गरेको भन्दै उसलाई नै फार्मेसी सञ्चालन गर्न अनुमति दिएको थियाे ।

बुद्धशान्ति गाउँपालिकाले ५ शैयाको ‘बुद्धशान्ति अस्पताल’ सञ्चालनको तयारी गरिरहेको छ । स्थानीय क्षेत्रमै स्वास्थ्य विमा सहित अस्पताल बन्ने कुरा चर्चामा आएसँगै यहाँका औषधी व्यवसायीले फार्मेसी सञ्चालनका लागि चासो र सकृयता देखाएका थिए । उनीहरुले आवश्यक तयारीका साथ आवेदन दिन फाइल समेत तयारी अवस्थामा राखेको बताएका थिए ।

तर बिना प्रतिस्पर्धा आरएमसी मेडिकल सेन्टर अर्जुनधारालाई स्वास्थ्य विमा सहितको फार्मेसी सञ्चालनको अनुमति दिए पछि फार्मेसी सञ्चालकहरूले खुल्ला प्रतिष्पर्धाकाे माग राखेर एकलाैटी निर्णयको बिरोध गरेका थिए । गाउँपालिकाले यहाँका फार्मेसी सञ्चालकलाई वेवास्ता गरेको उनीहरूले आरोप लगाएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.