Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

वैज्ञानिक बन व्यावस्थापनका नाममा कैलालीका सामुदायिक बनमा व्यापक फडानी

User Photo बुधबार, जेष्ठ ७, २०७७
कैलाली ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन चलिरहेका बेला कैलालीका सामुदायिक बन क्षेत्रमा भने व्यापक रुख कटानी भइरहेकोे छ । कैलालीको मोहन्याल गाउँपालिका अन्तर्गतका विभिन्न सामुदायिक बनमा रुख कटानी भएको पाइएको छ ।

जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालय अन्तरगत पर्ने मोहन्याल गाउँपालिकाको वडा नम्बर ७ राजकाँडा स्थित जालपा र बर्गदा सामुदायिक बन उपभोक्ता समूह क्षेत्रमा धमाधम रुख कटानी भइरहेका छन् ।

कुल ४४२ हेक्टर क्षेत्रफलमा रहेकोे बर्गदा सामुदायिक बनमा १९ हेक्टर क्षेत्रफलमा वैज्ञानिक बन व्यवस्थापनको कार्ययोजना तथा कार्यक्रम लागू गरिएको छ । उक्त सामुदायिक बनमा ८६ रुखहरु काटिएका छन् ।

त्यस्तै, वडा नम्बर ३ को फलेबिसौनामा रहेकोे देउराली र जनकल्याण सामुदायिक वनक्षेत्रमा सयौंको संख्यामा हरिया रुखहरु कटानी भएका छन् । कुल ३४१ हेक्टर क्षेत्रफलमा रहेकोे जनकल्याण सामुदायिक बनलाई ८० प्लटमा बिभाजन गरेर वैज्ञानिक बनको अवधारणा अनुसार काम भएको समूहका अध्यक्ष जनकराज गिरीले बताउनु भयो । उहाँले वैज्ञानिक बनको कार्ययोजना बमोजिम नै करीब १ सय बढी रुख काटिएको बताउनु भयो ।

वैज्ञानिक बनको कार्ययोजना लागू गरि सम्बन्धित डिभिजन बन कार्यालयको कटानी आदेश लिएर मात्रै रुख कटानी गरिएको उहाँले बताए । मैले एक्लै बन बिनाश गर्ने ढंगले काम गरेको होइन उहाँले भन्नु भयो ,’ सबै आम उपभोक्ता समितिको निर्णय र वैज्ञानिक बनको कार्ययोजना अनुसार नै काम गरिएको हो ।

लकडाउनको समयमा वैज्ञानिक वनका नाउँमा यी सामुदायिक बनमा हरिया सालका रुखहरु मजदुरहरु लगाएर कटानी गरिएको छ । सयौंको संख्यामा सामुदायिक बनबाट साल,अस्ना, साज र हल्दु लगायतका रुखहरु धमाधम कटानी भएका छन् । बन तथा वातावरणीय प्रभावलाई ध्यान नै नदिई धमाधम रुख कटानी भएपछि यसको विरोध हुन थालेको छ ।

वडा नम्बर(७ का वडाअध्यक्ष खरप्रसाद अधिकारीले बन सखाप हुने गरि रातारात बन फँडानी गरिएको भन्दै आक्रोश व्यक्त गर्नु भयो । राज्यको नीति एक किसिमको होला तर, स्थानीय सरकारसंग कुनै समन्वय नगरि बन फडाँनी गरिएकाले संलग्नलाई कारवाही गरिनुपर्ने वडाअध्यक्ष अधिकारीले बताउनु भयो । राजनीति भन्ने कुरा एउटा होला, हामीले राज्यको नीति मान्नैपर्छ भन्ने पनि छैन । बनको अधिकार स्थानीय सरकारसंग छैन, केन्द्रीय सरकारसंग छ संविधान सभामा भित्र हलमा बसेर गरिएको निर्णय र चुरेको फेदीमा बसेर गरिएको निर्णय फरक पर्छ नि वडाअध्यक्ष अधिकारीले भन्नु भयो ।
बैशाख २६ गते डिभिजन बन कार्यालयले सामुदायिक बन समूहलाई कटानी आदेश दिएको भन्ने बुझिएको उहाँले बताउनु भयो ।
चुरे क्षेत्रमा पर्ने सो चारवटै सामुदायिक वनहरु वातावरणीय रुपमा निकै संवेदनशील क्षेत्रमा पर्छन् ।

यसरी धमाधम रूपमा गाउँपालिकासंग समन्वय नै नगरी रुख कटानी गरिएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलले बताउनु भएको छ । नेपाल सरकारको चुरे राष्ट्रपति कार्यक्रम र त्यसको नीति विपरित हरिया सालका रुखहरुमा कटानी भैरहेको अध्यक्ष रावलको भनाइ छ ।
कैलाली जिल्लामा चुरे र मोहन्याल गाउँपालिका चुरे क्षेत्रमा पर्ने भएकाले चुरे क्षेत्रमा वैज्ञानिक वन बनाउने कार्य निकै हानीकारक र चुनौतीपूर्ण भएको अवस्थामा मोहन्याल गाउँपालिकाको जेठ ४ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा वैज्ञानिक वन बनाउने कार्यलाई प्रतिबन्ध लगाउने निर्णय गरेको समेत गाउँपालिकाका अध्यक्ष रावलले बताउनु भयो ।

चुरेको संरक्षण विना तराईको अस्तित्व समेत संकटमा पर्ने भएकाले चुरे क्षेत्रमा चुरे दोहन बढ्दै जान थालेपछि गाउँपालिकाले चुरेमा वैज्ञानिक वन कार्यक्रमलाई रोक्ने उद्देश्यका साथ सो निर्णय गरेको अध्यक्ष रावलले बताउनु भयो ।मोहन्यालमा मात्र नभएर जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालय अन्तरगत पर्ने अन्य बनहरुमा पनि धमाधम बन कटानी भईरहेको छ ।

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.