Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

बाँकेका पहिलो संक्रमितसहित २१ जनाले कोरोना जिते

User Photo शुक्रबार, जेष्ठ ९, २०७७
काठमाण्डाै ।

बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन्।

बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

‘उहाँ सबै नेपालगन्ज उपमहानगरपालिकाकै हुनुहुन्छ,’ श्रेष्ठले भने ‘ रि टेष्ट गर्दा उहाँहरुको रिपोर्ट नेगेटिभ आएको हुँदा केही बेरमा घर पठाउने तयारी भइरहेको छ।’

स्रोतका अनुसार शुक्रबार डिस्चार्ज भएर घर जान लागेका मध्य नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक पुरुषसहित र ८ का २० जना रहेका छन्।

फोकल पर्सन श्रेष्ठले निको भएर घर जान लागेकाहरु महिला समेत रहेको जानकारी दिएपनि कति जना? भन्ने खुलाउन चाहेनन्।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले नेपालगन्जका पहिलो संक्रमित व्यक्ति ६० वर्षीय पुरुषको बिहीबार परिक्षण गर्दा तेस्रो रिपोर्ट नेगेटिभ आएको र अन्य २० जनाको दोस्रो रिपोर्ट समेत नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गर्न लागिएको बताए।

बाँकेमा पहिलोपटक वैशाख १९ गते ६० बर्षीय एक मस्जिदमा पढाउने शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको सम्पर्कमा आएका एकै टोलका अन्य मानिसहरुमा समेत संक्रमण भेटिएको थियो।

२० दिन आइसोलेनमा बसेर निको भएर घर जान लागेकाहरु  उनीहरु नै रहेको स्रोतले बताएको छ।

उनीहरुलाई शुक्रबार बिहान ९ बजेतिर अस्पतालले बिदाइ गर्ने कार्यक्रम राखेको छ।

बाँकेमा हालसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसमध्ये नरैनापुर गाउँपालिका वडा नं. ५ का २५ वर्षीय  एक पुरुषको क्वारेन्टिनमै मृत्यु भएको थियो।

बाँकेमा हालसम्म नरैनापुरका ७४, नेपालगन्जका २५ र खजुराका २ जना संक्रमित फेला परेका छन्।

संक्रमितहरुको खजुरा, नेपालगन्ज, कोहलपुर र दाङमा उपचार भइरहेको छ।

खजुरा अस्पतालमा ३८ जनाको उपचार भइरहेको छ।

त्यसमा बाँके ३७ र बर्दियाकी एक जना ११ वर्षीया बालिका रहेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.