Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

बुद्धशान्ति गाउँपालिका ५ र ६ को संयुक्त बैठक, प्रवेश र आवातजावतमा कडाइ

User Photo शुक्रबार, जेष्ठ ९, २०७७

बुद्धशान्ति गाउँपालिका ५ र ६ को संयुक्त बैठक, प्रवेश र आवातजावतमा कडाइ।

जिल्लमा कोरोना संक्रमण बढेसगै बुद्धशान्ती गाउँपालिका वडा न.५ र ६ मा कडाई गर्ने निर्णय भएको छ।

शुक्रवार दुबै वडाका वडाध्यक्ष, आर आर टि,स्वास्थकर्मी र सुरक्षाकर्मीको संयुक्त बैठकले सो क्षेत्रमा अनाधिकृत प्रबेश गर्नेहरुलाई पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो।

पछिल्लो समय छिमेकी गाउँपालिकाबाट विभिन्न बहानामा सो क्षेत्रमा मानिस प्रबेश गर्नेगरेको गुनासो बढेको थियो। शनिबारबाट पास बिनाका सम्पुर्ण सवारीसाधन आवातजावतमा समेत रोक लगाएको छ। बैठकले सरकारी आयोजना अनतर्गतका वार्डमा संचालित कार्यक्रमहरु स्वास्थ मापदण्ड पूरागरी संचालन गर्न दिने समेत निर्णय गरेको छ।

संयुक्त बैठकका निर्णयहरु:

१.औषधि

क. दिर्घरोगी र नियमित औषधी प्रयोगकर्ताले सम्बन्धीत वार्डका स्वास्थ इकाई वा रेपिड रेस्पोन्स टिमका सदस्यसग समन्वय गर्ने।सम्बन्धीत पक्षले औषधिको ब्यवस्था गर्ने।

ख.अवस्था हेरि स्वास्थ इकाईले औषधि खरिद गर्न वा स्वास्थ चेकजाँच गर्न स्थानीयलाई सिफारिस उपलब्ध गराउने।

ग.सिफारिस प्राप्त बिरामि वा आफन्तले ओहोरदोहोर गर्दा प्रहरीले विवरण माग गर्ने।

२.योजना संचालन।

क.सरकारी योजनाहरु स्वास्थ्य मापदण्ड पुरागरी संचालन गर्न पाइने।

ख.आयोजना संचालन गर्न आवश्यक सामाग्री ढुवानी गर्न निर्माण/उपभोक्ता समितिले सम्बन्धित वडा कार्यलय मार्फत सिफारिस लिनुपर्ने। हरेक पटकको ढुवानी पश्चात् उक्त पास फिर्ता गर्नुपर्ने।उक्त सिफारिस पत्रमा ढुवानी हुने सामाग्रीको बिवरण खोल्नुपर्ने।

ग.निजि प्रयोजनका लागि सामाग्री ढुवानी गर्न नपाईने।

घ.सामाग्री ढुवानी गर्ने सवारीसाधनमा अधिकतम ३ जना चढ्न पाइने।

३.नाका नियन्त्रण क.वार्ड न.५ र ६ प्रबेश गर्न टिमाई पुलको मार्ग मात्र प्रयोग गर्न मिल्ने (सशस्त्र प्रहरी बेस क्याम्प क्षेत्र)।

४.दुबै वडाका वडाध्यक्ष सहितको टोलिले, सिमाना जोडिएका रोङ गाउँपालिका र मेचिनगर नगरपालिकाका स्थानीय जनप्रतिनिधिसग भेटगरी नाका कडाई बारे थप निर्णय गर्ने।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.