नायिका नीता ढुंगानाले अहिले देशमा विभिन्न खालको समस्या उत्पन्न भैरहेको बताएकी छिन् । फेसबुकमा करिब ४७ मिनेट आफ्नो भनाई राख्ने क्रममा उनले सबैभन्दा पहिले मानिसले आफ्नो राष्ट्रियताको बिषयमा सोच्नुपर्ने बताएकी छिन् ।
नायिका मनिषा काेइरालाकाे एक ट्विटले भारत तातिए संगै नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि नेपालमा सामाजिक सञ्जाल तातेको छ ।
बर्षाले अब आफूले भारतीय साथीहरूसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै क्षमा मागेकी छिन्।
निताकाे भनाइ चाहीँ बर्षालाइ सिकाउने खालकाे छ, नीता भन्छिन्–‘सबैभन्दा पहिले मैले राष्ट्रियतालाई राख्नुपर्छ । अनीमात्र परिवार, साथीभाई आउँछन् । तर, पहिलो प्राथमिकता राष्ट्रियतालाई रोज्नुपर्छ । राष्ट्रप्रति आएको समस्यालाई हामीले अवलोकन गर्न जरुरी छ ।’
उनले, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आत्मविश्वासलाई सलाम गर्न चाहेको पनि बताएकी छिन् । प्रधानमन्त्रीले बोलिसकेपछि आफूहरुले पनि बोल्न सजिलो भएको उनको तर्क छ ।
नीता भन्छिन्–‘आफ्नो भूमी भएकै कारणले नेपालले निडर भएर दाबी गर्न सकेको छ । आफना् भूमी फिर्ता ल्याउन हामी सबै लाग्नुपर्छ ।’
नीताले यो समयमा दल विभाजित भएर झगडा गर्नुभन्दा पनि एकजुट भएर देशको लागि लड्नुपर्ने बताएकी छिन् ।
हिन्दी भाषामा समेत आफ्नो भनाई राख्ने क्रममा नीताले नेपालको भूमीको बिषयमा वुझेर मात्र बोल्न भारतीय मिडियालाई चेतावनी दिएकी छिन् ।
मनिषा कोइरालाको एउटा ट्विटले नै भारत हल्लिएको भन्दै नीताले नेपालको बिषयमा भारतीय मिडियाले बोलेको कुरा आफूहरुले सहन नसक्ने पनि बताएकी छिन् ।
