Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

दशगजा नजिक भारतद्वारा सडक निर्माण

नेपाली भूभाग डुबान हुने गरी भारतले एक पक्षीय रूपमा सडक निर्माण

User Photo सोमवार, जेष्ठ १२, २०७७
काठमाण्डाै ।

भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा पुन: अघि बढेको हो ।

रूपन्देहीको धकधही क्षेत्रसँग जोडिएको दशगजापारि भारतले एकपक्षीय रूपमा सडक निर्माण गर्दै ।

रोहिणी गाउँपालिका–५, इमिलिहवा र वडा ६ को बुची गाउँसँग जोडिएको दशगजापारि भारत सरकारले फराकिलो सडक निर्माण गरिरहेको छ । सडक निर्माणपछि पानीको बहाव थुनिएर आफ्नो गाउँ डुबानमा पर्ने चिन्ता वारिपट्टिका नेपालीमा रहेको छ ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले निर्माणाधीन सडकले ठूलो पानी परेका बेला नेपाली भूभाग डुबानमा पर्ने बताए । ‘सडक जति अग्लो हुन्छ, त्यति धेरै नेपाली जमिन डुबानमा पर्छ,’ ‘भारतीय पक्षबाट दुवै मुलुकका सीमावर्ती स्थानीयसँग समन्वय र छलफल गरेर सडक निर्माण गरेको भए हुन्थ्यो ।’ उनले सीमा क्षेत्रमा बन्ने संरचनाले कहाँ कहाँ धेरै डुबान हुन्छ, त्यहाँबाट कसरी पानीलाई निकास दिन सकिन्छ भन्ने विषयमा बेलैमा छलफल गर्न जरुरी रहेको बताए ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका अनुसार अहिले उक्त सडक निर्माणमा ३०/३५ जना मजदुर खटिने गरेका छन् । ‘पहिल्यै बनाएको सडकको संरचनामा ठाउँठाउँमा माटो हाल्ने र सम्याउने काम भइरहेको छ,’ सीमामा तैनाथ नेपाल प्रहरीका एक अधिकृतले भने, ‘डोजरले खनेको, ट्रयाक्टरले माटो ओसारेको र रोलरले मिलाएको देखिन्छ ।’

भारतीय प्रधानमन्त्री सडक परियोजनाअन्तर्गत उक्त सडक ४ लेनको बनाइँदै छ । सडक निर्माणका क्रममा अधिग्रहणमा परेको जमिनलाई भारत सरकारले प्रतिएकड (१२ कट्ठा) ४५ लाख रुपैयाँका दरले मुआब्जा प्रदान गरेको छ । जुन चलनचल्ती भन्दा धेरै राम्रो मूल्य हो ।

अन्तर्राष्ट्रिय सन्धि/सम्झौताअनुसार दशगजानजिक नदीनालाको प्राकृतिक बहावमा असर पुग्ने र मानवीय एवं प्राकृतिक रूपले असर पुग्ने गरी दुवै मुलुकतर्फ ८/८ किमि दूरीमा भौतिक संरचना निर्माण गर्दा एकअर्का मुलुकको सहमति चाहिन्छ । तर भारतले यहाँ सडक बनाउदा नेपालसँग समन्वय गरेको छैन । संरचना निर्माणबारे यताका प्रशासनिक निकाय र स्थानीय जनप्रतिनिधिलाई पनि भारतले जानकारी गराएको छैन ।

नवलपरासी र रूपन्देहीको सिमाना माहुखोलादेखि पश्चिम दशगजामा रहेको सीमा स्तम्भ नम्बर ५१० देखि ५१३ सम्मको दूरीमा सडक निर्माण भइरहेको छ । यस खण्डमा कतै १ सय मिटर, कतै २ सय र कतै ५० मिटर गरी टुक्राटुक्रामा निर्माण भइरहेको छ । निर्माणाधीन सडक केही स्थानमा दशगजाबाट ६० मिटर दूरीमा छन् । कतै १ सय मिटर टाढा बनिरहेको छ । निर्माणाधीन सडकको रेखदेख भारतीय अर्धसैनिक बल एसएसबीले गरिरहेको छ ।

रोहिणी–५, इमिलिहवाका दलसिंह यादवले निर्माणाधीन सडकका विषयमा नेपाल र भारत सरकारले तत्काल कुराकानी गर्नुपर्ने बताए । ‘सडकका कारण वर्षायाममा हाम्रो घर र खेत डुबानमा पार्ने निश्चित छ,’ उनले भने । उनका अनुसार सडक निर्माणमा खटिएका भारतीय प्राविधिकले प्रत्येक ३ सय मिटर दूरीमा पानीको निकासका लागि ठूलो साइजको ‘ह्युमपाइप’ राख्ने आश्वासन दिएका छन् । ‘प्राकृतिक बहाव रोकिएकाले जति ठूला ह्युमपाइप र नाली बनाए पनि डुबान हुन्छ,’

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको विषयमा गृह मन्त्रालयमा जानकारी दिइएको बताए । ‘गृह र परराष्ट्र मन्त्रालयबीच पत्राचार भइसकेको हुनुपर्छ,’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.