Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

होटलमा क्वारेन्टाइन राख्न प्रतिव्यक्ति दैनिक न्युनतम ३ हजार लाग्ने

User Photo सोमवार, जेष्ठ १२, २०७७
काठमाण्डाै ।

विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलमा क्वारेन्टाइन गर्दा एक जनाको न्यूनमत दैनिक ३ हजार लाग्ने भएको छ । साथै व्यवसायीका केही शर्त पनि छन् ।

सरकारले विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि गृहकार्य गरिरहेको छ । यसरी उद्धार गरेकाहरुलाई केही दिन काठमाडौंको होटलहरुमा क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।

विदेशबाट उद्धार गरिएकाहरुसँगै कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी लगायतलाई राख्न होटल दिन सकिने होटल संघ नेपाल (हान)ले बताएको छ । हानले पर्यटन विभागका महानिर्देशकसामू केही शर्त सहितका योजना बुझाएको छ ।

होटलमा राख्नुपूर्व स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकीन हुने प्रमाणपत्र चाहिने उसको पहिलो शर्त छ । क्वारेन्टाइनमा बसेकाहरुको प्रत्येक दिन स्वास्थ्य जाँच हुनुपर्ने, होटल सञ्चालनका लागि कानुनी अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डमा कुनै क्षति नहुने ग्यारेन्टी गर्नुपर्ने र कर्मचारी तथा छिमेकमा रहेका स्थानीय समुदायलाई कोरोना संक्रमणबाट बचाउन स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्चालन हुनुपर्ने होटल संघ नेपालले विभागमा बुझाइएको प्रस्तावमा उल्लेख छ ।

हानले क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने छाक पौष्टिक खाना र आवश्यक पर्ने सबै खाले आधारभूत सेवासुविधाका लागि पर्ने रकम पनि प्रस्ताव गरेको छ ।

हानले न्यूनतम ३ हजार रुपैयाँदेखि अधिकतम १६ हजार रुपैयाँसम्ममा कोठा दिन सकिने बताएको छ । होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार प्रतिव्यक्ति दैनिक लागत पर्यटकीय स्तरका होटेलमा न्यूनतम ३ हजार र पाँचतारे होटेलका लागि १६ हजार लाग्ने अनुमान गरिएको छ । यसमा दैनिक ४ छाक खाना, खाजासमेत पर्नेछ ।

‘यो मूल्यले पनि हामीलाई नाफा हुँदैन, हामीले व्यापार गर्न खोजेको पनि होइन, उनले भने, ‘सञ्चालन खर्च मात्र उठे मात्र पनि हुने गरी मूल्य तोकिएको हो ।’

होटललाई क्वारेन्टाइनको रुपमा उपयोग गरी सञ्चालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल संघ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने हानले उल्लेख गरेको छ ।

साथै कर्मचारीहरुको उपलब्धता, भौतिक संरचना र उपकरणहरु संचालनलाई ध्यानमा राखेर क्वारेन्टाइनका लागि होटल दिने नदिने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानले लिनसक्ने समेत हानले उल्लेख गरेको छ ।

विषम परिस्थितमा होटल उद्योग पहिलो र गहिरो मारबाट गुज्रिरहेको भन्दै हानले उद्योगधन्दा जीवित राख्न नेपाल सरकारको आगामी बजेटमार्फत उपयुक्त नीति तथा आर्थिक राहतका कार्यक्रमसमेत आउने अपेक्षा हानले गरेको छ । होटल संघ नेपालले होटल सञ्चालनका लागि उपयुक्त वातावरण बन्न नसके आगामी ६ महिना कानुनी रुपमा नै बन्द गर्ने निर्णय गरिसकेको छ ।

३ हजार ५ सय होटलआवद्ध हानले बजेटमा रोजगारी संरक्षण कोषको स्थापना, बैंकको ऋण तिर्ने म्याद पुनसंरचना गरी तीन वर्ष पछि सार्ने, व्याजदर घटाउने, घरभाडालगायत खर्च धान्न सस्तो व्याजदरमा सञ्चालन ऋणको माग गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.