Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

कोभिड–१९ को बिरामीका लागि यो औषधी खतरनाक

User Photo शुक्रबार, जेष्ठ १६, २०७७
काठमाण्डाै ।

क्यान्सर पीडित कोरोनाभाइरसका बिरामीका लागि मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विन निकै खतरनाक भएको एक अनुसन्धानले बताएको छ ।

अमरिकी अनुसन्धानकर्ताले क्यान्सरका बिरामीलाई कोभिड–१९ को उपचारका लागि हाइड्रोक्सिक्लोक्विन दिनु खतरनाक साबित हुनसक्ने चेतावनी दिएका छन् ।

अनुसन्धानकर्ताका अनुसार यो औषधीको प्रयोग गरेर उपचार गराइरहेका कोरोना संक्रमितको मृत्युदर तीन गुणा बढी आशंका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोभिड–१९ को उपचारमा यो औषधी गेमचेन्जर बताएका थिए । ट्रम्पले त आफू संक्रमणबाट बच्नका लागि यो औषधी सेवन गरिरहेको पनि बताएका थिए । अनुसन्धानकर्ताका अनुसार डाक्टरले कोरोना बिरामीलाई यो औषधी दिन अस्विकार गरिरहेका छन् ।

अमेरिकन सोसाइटी अफ क्लिनिकल ओंकोलोजीका प्रमुख डा. होवार्ड बर्रिजले भने, ‘हाइड्रोक्सिक्लोरोक्विन र एन्टिबायोटिक एजिथ्रोमाइसिन प्रयोग गरेर कोभिड–१९ बिरामीको उपचार गर्नु जोखिमपूर्ण छ ।’

सुरुवातमा यसले कोरोनाका बिरामीको मद्दत गर्ने बताएको थियो । वान्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका डाक्टर जर्मी वार्नरले पत्रकारसँग भने, ‘जुन कोरोना बिरामीको उपचार हाइड्रोक्सिक्लोरोक्विन र एन्टिबायोटिकमार्फत् भइरहेको छ, उनीहरुमा ३० दिनभित्र अन्य उपचार विधिको तुलनामा मृत्युको खतरा तीन गुणा बढी भइरहेको छ ।’

स्रोतः बीबीसी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.