Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

बर्दियामा फट्याङ्ग्राको आतंक, बालिनाली सखाप

User Photo शनिबार, जेष्ठ १७, २०७७
काठमाण्डाै ।

नेपालमा सलहको सम्भावित प्रवेश रोक्न पूर्वतयारी चलिरहेका बेला बर्दियाका कृषकलाई भने फट्यांग्राले दुःख दिएको छ । जिल्लाको मधुवन नगरपालिकाका विभिन्न वडाहरुमा फट्यांग्राले बालीनाली सखाप बनाएको कृषकहरुले बताएका छन् ।

मकै, धानको बीउ तथा जुनसुकै खाले हरियो बनस्पतिमा फट्यांग्राको झुण्ड बसेर नष्ट पारिदिएको नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष बिन्तिराम थारुले जानकारी दिए ।

‘यी फट्यांग्रा पहिले कतै देखेका थिएनौँ, एक-डेढ महिना भयो नगरपालिकाको विभिन्न वडामा भेटिएका छन्,’ बिन्तिरामले फोनमा भने । आफ्नै वडाका स्थानीयले लगाएको मकैमा सबै पातहरु खाईदिएर घोगा र डाँठ मात्रै बाँकी राखेको उनले बताए ।

नगरपालिकाको माचर, मधुवन, बाँधर भरीया र बसन्ता लगायतका गाउँमा फट्यांग्राले आतंक मच्चाएको उनको भनाइ छ । केही किसानले फट्यांग्रा मार्न विषादी प्रयागे गरे पनि सफल नभएको उनी बताउँछन् । ‘विषादी हालेपछि मर्दैन, बरु उडेर भाग्छ । विषादीको गन्ध उडेपछि फेरि त्यहीँ आएर बस्छन्,’ वडा अध्यक्ष बिन्तिरामले भने ।

मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले खेतीपातीको हरियाली नास गर्ने फट्यांग्राहरु भेटिएको गाउँलेबाट आफूले थाहा पाएको बताए । ‘बाली सखाप पार्‍यो भनेर गुनासो आएका छन्, मैले नगरको कृषि प्राविधिकलाई बुझ्न पठाएको छु,’ मेयर क्षेत्रीले भने । धानको ब्याड राख्ने समयमा फट्याङ्ग्राले बीउमा ठूलो हानी पुर्‍याएको कृषि ज्ञान केन्द्र गुलरियाले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत ओम प्रकाश शर्माले भने, ‘यो सलह हो कि भनेर मानिसहरु डराएका छन्, तर फट्यांग्रा हो । लकडाउनका कारण हामीले नियन्त्रणका लागि काम गर्न सकेका छैनौँ,’ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.