Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

क्‍वारेन्टाइनमा बसेकाले कुटे प्रहरी

User Photo शनिबार, जेष्ठ १७, २०७७
काठमाण्डाै ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्‍वारेन्टाइनमा बसेकाहरुले सुरक्षार्थ खटिएका एक प्रहरीलाई शनिबार कुटपिट गरी घाइते बनाएका छन्। क्‍वारेन्टाइनमा बसेकाहरुसँग भेट्न आएका आफन्तहरुलाई दुरी कायम राखी बस्न भनेपछि क्‍वारेन्टाइनमा बसेका र उनलाई भेट्न आएकाहरुले मिलेर कुटपिट गरेको घाइते प्रहरी कमलेश साहले बताए ।

‘क्‍वारेन्टाइनमा बसेका व्यक्तिसँग चार जना टाँसिएर कुरा गरिरहेको देखि टाढै बस्न भनेर सम्झाउनासाथ उनीहरु मिलेर कुटपिट गरे’घाइते प्रहरी साहले भने। आक्रमणमा परेका प्रहरी साहको दाहिने घुँडाको माथिल्लो भाग भाँचिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेव डम्बरप्रसाद गुप्ताले बताए। घाइते साहलाई उपचारार्थ कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न एकान्तवासका लागि क्‍वारेन्टाइनमा सुरक्षित राखे पनि परिवारका सदस्यहरु र साथीहरु आएर क्‍वारेन्टाइनमा अनावश्यक भिडभाड गर्ने गरेको प्रहरीको भनाई छ। संक्रमण फैलिनबाट रोक्न चौबीसै घण्टा ज्यान जोखिममा राखेर काममा खटिएका सुरक्षाकर्मीमाथि गरिएको कुटपिटको घटना दुःखद भएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले घटनामा संलग्नमध्ये बाहिरबाट आएक एक जनालाई पक्राउ गरेको र अरुहरुको खोजी भइरहेको बताए। क्‍वारेन्टाइनमा बसेका आरोपितहरु हाल क्‍वारेन्टाइनमै प्रहरी निगरानीमा छन्।

कञ्चनरुप नगरपालिकाभित्र बनाइएको विभिन्न क्‍वारेन्टाइनमा १ सय १४ जना रहेकोमा उक्त क्‍वारेन्टाइनमा हाल ३१ जना रहेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.