Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

क्वारेन्टाइनमा बसेका बालकको मृत्यु

User Photo आइतवार, जेष्ठ १८, २०७७
काठमाण्डाै ।

डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बालकलाई राखिएको थियो।

न्यौपानेका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार राति मात्रै डडेल्धुरा पुगेका थिए। ‘उहाँहरू राति आउनुभएको हो। राति पुगेकाले बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।’ डीएसपी न्यौपानेले भने, ’हामीकहाँ फोन आयो। बालक गम्भीर बिरामी छ भनेर। यताबाट गाडी पठाएर अस्पताल पुर्‍याएका थियौं।’

बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बताए। उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो। ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए। यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचार गराएको जनाइएको छ।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.