Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

क्वारेन्टाइनमा बस्नेले ओड्ने, ओछ्याउने चोरेर लान थाले

User Photo आइतवार, जेष्ठ १८, २०७७
काठमाण्डाै ।

क्वारेन्टाइनमा बस्ने अवधि सकिएर घर जानेहरुले ओड्ने ओछ्याउने नै चोरेर लैजान थालेका छन्। पश्चिम नवलपरासी जिल्लाका केही क्वारेन्टाइनमा बस्नेहरुले स्थानीय तहले उपलब्ध गराइएका तन्ना र झुल आफू घर जाँदा लुकाएर लैजाने गरेको पाइएको हो । यसले गर्दा स्थानीय तहलाई आर्थिक बोझ थपेको छ।

क्वारेन्टाइनमा आउँदा झोला लिएर आउने केही व्यक्तिहरुले झुल र तन्ना लैजाने गरेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बताए । ‘घर जाँदा झोलामा लत्ताकपडा लुकाएर लैजाने गरेको पाइएको छ’ उनले भने ‘झोला खानतलासी गर्ने कुरा पनि भएन तर खाली भएको कोठामा गएर हेर्दा उनीहरुलाई उपलब्ध गराइएका तन्ना र झुल नै नभएको पाइने गरेको छ ।’

कपडा चोरी हुन थालेपछि निगरानी बढाउन थालिएको उनले बताए । नगरपालिकाले सदरमुकाम परासीसहित ११ वटा वडामा क्वारेन्टाइन बनाएको छ । सबैमा गरी क्वारेन्टाइनमा बस्नेको संख्या १३८ छ । जिल्लामा हरेक दिनजसो भारतबाट आउनेको संख्या बढ्दो छ । अहिले जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १४०८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

अहिलेसम्म ८६५ को पीसीआर र ६३३ को आरडिटी विधिबाट कोभिड–१९ को परीक्षण गरिएको छ । जसमा ५ जना संक्रमित भएका छन् । आरडिटीबाट परीक्षण गरिएकामध्ये १३ जनामा पोजेटिभ देखिएको छ । जसमा पीसीआर गर्दा एक जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो भने अन्य १२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.