सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ को संक्रमित सख्या ४३ पुगेको छ । पछिल्लो समय भारतवाट आएकाहरुमा कोभिड–१९ को संक्रमण पुष्टि हुन थाले पछि संक्रमितको संख्यामा वृद्धि भएको हो ।
सोमबार थप १८ जना कोभिड १९ को संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ४३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप १८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । यता, ६ जना संक्रमित भने उपचारपछि घर गइसकेका छन ।
नयाँ फेला परेका संक्रमतिमा धनगढी उपमहानगरपालिकाका वर्ष २५ का १ जना पुरुष तथा गौरीगंगा नगरपालिका बस्ने ५, १९, २१, २४, २४, २८, ३३, ३५ र ४७ वर्षका ९ जना पुरुष छन् । सोही ठाउँ बस्ने वर्ष २२, २७, २८ का तीन जना महिला छन । कैलालीको बर्दगोरिया गाउँपालिका बस्ने वर्ष २७ का १ जना पुरुषमा संक्रमण देखिएको छ । त्यसै गरि अछाम चौरपाटी गाउँपालिका ३३ वर्षका १ जना पुरुष, डोटी शिखरनगरपालिका २५ का १ जना पुरुष, बैतडी पाटन नगरपालिका ३४ का १ जना पुरुष र कञ्चनपुर शुकलाफाटा नगरपालिका बस्ने ११ महिनाका बालकमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
