Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

मन्त्रीका स्वकीय सचिवमा काेराेना संक्रमण, प्रदेश सभाका ५ जना मर्यादापालक पनि संक्रमित

User Photo बिहिबार, जेष्ठ २२, २०७७
काठमाण्डाै ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पाइएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उनमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

आफ्नो स्वकीय सचिवमा कोरोनासम्बन्धी कुनै लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको राज्यमन्त्री यादवले बताइन् । उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।

प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो । रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.