Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

थप जनामा ३२३ कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ सय ३५ पुग्याे

User Photo शनिबार, जेष्ठ २४, २०७७
काठमाण्डाै ।

शनिबार एकै दिन तीन सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३२ सय ३५ पुगेको हो। नयाँ संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन्।

शुक्रबार २७८, बिहीवार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।

शनिबार पीसीआर विधिबाट ९२ हजार चार सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार एक सय ११ र आरडीटी विधिबाट पाँच हजार पाँ सय ७० जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा छन् । अहिले आइसोलेसन २८ सय ५७ जनाको उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या ३६५ पुगेको छ। २९९ जना पुरुष र ६६ महिला छन् । शनिबार मात्र ३५ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाका कारण १३ जनाको मृत्यु भइसकेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.