प्रधानमन्त्री रोजगार कार्यक्रम कैलालीको मोहन्याल गाउपालिकामा सुरु भएको छ । मोहन्याल गाउपालिका वडा नम्बर २,६,र ७ मा कार्यक्रम सुरु भएको मोहन्याल गाउँपालिकाका रोजगार संयोजक एकेन्द्र भण्डारीले जानकारी दिनुभयो । विश्वमा कोरोना भाइरस फैलीरहेको बेला यसको असर नेपालमा पनि परेको छ । गत चैत्र ११ गते बाट नेपालमा लकडाउन चली रहेका बेला चैत्र बाट सुरु गर्नु पर्ने कार्यक्रम ढिलो सुरु भएको रोजगार संयोजक भण्डारीले बताउनु भयो । 
वडा नम्बर ६ को कार्यक्रमको उदघाटन वडा अध्यक्ष टिकाराम भण्डारीले गर्नु भयो भने वडा नम्बर ७ को कार्यक्रम वडा अध्यक्ष खर प्रसाद अधिकारी गर्नु भएको थियो ।
कोरोना भाइरसका कारण बिदेसियका नागरिक स्वदेश फर्किन थालेपछि स्वदेशमै काम पाउनु पर्छ भन्दै यस कार्यक्रममा आकर्षण बढेको पाइएको छ । बजेट र कामको दायरा साघुरो र काम गर्ने ब्यक्तीको चाहना बढ्दो भएकाले ब्याबस्थापन गर्न जटिलता रहेको रोजगार संयोजक भण्डारीले जानकारी दिनु भयो ।
गाउँपालिकाका अन्य वडामा पनि कार्यक्रम सुरु गरिने वडा नम्बर ७ का अध्यक्ष अधिकारीले बताउनु भयो । कार्यक्रममा सहभागी भएकाहरुले वडा भित्रका बाटोघाटो निर्माण,सिचाइ कुलो ,चौतारा निर्माण लगायतका अन्य कामहरु गर्नेछ्न । गाउँपालिकामा रहेका करिव ५ सय जनाले एक महिना काम पाउने रोजगार संयोजक भण्डारीले बताउनु भयो ।
