Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

सुनौलीमा मृत्यु भएका युवककाे काेराेना परीक्षण भारतमा हुने

रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन

User Photo बुधबार, जेष्ठ २८, २०७७
काठमाण्डाै ।

भारतको मुम्बईबाट घर आउँदै गर्दा सुनौलीमा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ ।

बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा मृत्यु भएका युवकमा कोरोना संक्रमण भए–नभएको यकिन भएपछि मात्रै शव व्यवस्थापन हुने भएको छ ।

भारतीय पक्षले मृतकको स्वाब संकलन गरी परीक्षणका लागि भारतकै अस्पतालतर्फ लगि सकेकाे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । उनको रिपोर्ट आएपछि मात्रै शवलाई कसरी र कहाँ व्यवस्थापन गर्ने भन्ने टुंगो लाग्ने पन्थले बताए । ‘शवलाई भारतकै अस्पताल लगिएको भारतीय पक्षले जानकारी दिएकाे छ,’ प्रजिअ पन्थले भने, ‘भोलि दिउँसो रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने टुंगो लाग्छ ।’

रिपोर्ट नेगेटिभ आएको खण्डमा परिवारलाई बोलाएर जिम्मा लगाइने तर पोजेटिभ आयो भने परिवारलाई शव हेर्नसम्म दिन सकिने र व्यवस्थापन सुरक्षा निकायले नै गर्ने प्रजिअ पन्थले स्पष्ट पारे ।

मृतकको पोजेटिभ रिपोर्ट आएमा शव नेपालतर्फ ल्याएर व्यवस्थापन गर्ने कि भारततर्फ नै हुने भन्ने अझै टुंगो नलागेको उनले बताए । ‘भारतीय समकक्षीसँग छलफल भएको छ,तर कता गर्ने भन्ने टुंगो लागेको छैन,’ प्रजिअ पन्थले भने, ‘पहिले रिपोर्ट आओस् त्यसपछि निर्णय हुन्छ ।’

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–२ (साविकको कुडिया गाविस– ७) का ३५ वर्षका पुरुष को बुधबार बिहान सुनौली बजारमा मृत्यु भएको थियो । मुम्बईमा मजदुरी गर्दै आएका उनी तीन दिनअघि पाल्पाका तीनजना साथीसहित बसमार्फत सुनौली आइपुगेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.