Naya Media
बुधबार, जेष्ठ २७, २०८३
| | June 10, 2026
बुधबार, जेष्ठ २७, २०८३

सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

User Photo शुक्रबार, जेष्ठ ३०, २०७७
काठमाण्डाै ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडीटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ ।

क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको सङ्ख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडीटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ ।

निर्देशक डा गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको संख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौं, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको परिपत्रमा कोरोनाका लक्षण नदेखिएका तर क्वारेन्टिनमा १४ दिन बिताइसकेकालाई थप सात दिन होम क्वारेन्टिनमा बस्ने गरी पठाउने, आरडीटी पोजेटिभ देखिएका तर कोरोनाका लक्षण नदेखिएकालाई स्वाब संकलन गरी पीसीआर जाँचको नतिजा नआउञ्जेल होम आइसोलेसनको मापदण्डअनुसार घरकै आइसोलेसनमा पठाउने र होम क्वारेन्टिन तथा आइसोलेसनमा रहँदा कोरोनाको लक्षण देखापरेमा स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखी उपचार गराउने उल्लेख गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाका पहिलो कोरोना संक्रमितलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएको भन्दै नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनबाट घर फिर्ता पठाइएको छ । गत जेठ २२ गते धनगढी प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएका घोडाघोडी नगरपालिका–११ का ३२ वर्षीय पुरुषलाई बिहीबार पुष्पगुच्छासहित नगरप्रमुख ममताप्रसाद चौधरी र स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बिदाइ गरेका थिए ।

कोरोनाको लक्षण नदेखिएकालाई होम क्वारेन्टिनमा राख्नेगरी आइसोलेसनबाट डिस्चार्ज गर्ने राष्ट्रिय निर्देशिकाअनुसार उनलाई घर पठाइएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए । १४ दिन क्वारेन्टिनमा बसिसकेपश्चात पोजेटिभ देखिसकेपछि थप १४ दिन आइसोलेसनमा बसेर कुनै लक्षण नदेखिएका कारण फर्किन पाउँदा निकै खुशी लागेको आइसोलेसनबाट घर फर्काइएका ३२ वर्षीय पुरुषले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.