Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

संसदकाे ऐतिहासिक निर्णयलाई स्वागत गर्दै प्रदर्शन स्थगन गर्न साझा पार्टीकाे आग्रह

सम्पुर्ण पार्टी र जनता एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न आह्वान

User Photo शनिबार, जेष्ठ ३१, २०७७
काठमाण्डाै ।

सरकारले जारी प्रदर्शनलाई सम्बाेधन गर्दै प्रेस वक्तव्य जारी गरेपछी साझा पार्टीले पछिल्ला केही दिन यता देशका विभिन्न भागमा भइरहेकाे प्रदर्शन स्थगित गर्न आग्रह गरेकाे छ ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै साझा पार्टीले जारी प्रदर्शनलाई सम्बाेधन गर्दै सरकारले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा साझा पार्टीको ध्यानाकर्षण भएको बताउदै प्रदर्शन स्थगित गर्न आग्रह गरेकाे हाे ।

सरकारले शुक्रबार कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने, पिसिआर टेस्टको दायरा थप बढाउने भनी सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धता सहित वक्तव्य जारी गरेकाे थियाे ।

साझा पार्टी द्वारा जारी विज्ञप्तीमा भनिएकाे छ, ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने, पिसिआर टेस्टको दायरा थप बढाउने भनी सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई साझा पार्टी शंकाको सुविधासहित स्वागत गर्दछ।

साझा पार्टीले प्रेस विज्ञप्तिमार्फत नागरिक प्रदर्शनमा उठेका जायज मागहरू पुरा गर्ने प्रतिबद्धता तत्काल जनाउँदै संक्रमण फैलने जोखिमका कारण प्रदर्शन स्थगनको अपील गर्न सरकारसँग आह्वान गरेको थियो। सरकारले त्यसै गरेको छ। तर विगतमा कयौँ पटक गरेजस्तै आफ्ना प्रतिवद्धता भुलेर नागरिकको विश्वासमाथि फेरी पनि धोका दिने काम भए प्रदर्शन अझ सशक्त भएर जान सक्ने र त्यसकाे नतिजा गम्भीर हुनसक्नेमा पनि साझा पार्टी सरकारलाई सचेत पनि गराएकाे छ।

साथै सरकारको सार्वजनिक प्रतिबद्धता र काेराेनाको बढ्दाे संक्रमणकाे पृष्ठभूमीमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचा अनुरूपका काम गरे नगरेको मूल्यांकन गर्न समेत आम नागरिकलाई अपील पार्टीले गरेकाेछ।

त्यस्तै आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गरिँदै छ।

साझा पार्टीले भनेकाे छ- सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संसाेधन गर्ने संसदकाे ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न हार्दिक आह्वान गर्दछ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.