Naya Media
बिहिबार, चैत्र २६, २०८२
| | April 9, 2026
बिहिबार, चैत्र २६, २०८२

वेवारिसे शवमा कोरोना संक्रमण पुष्टि, काेराेना बाट मृत्यु हुनेको संख्या १७ पुग्याे

User Photo शनिबार, जेष्ठ ३१, २०७७
काठमाण्डाै ।

पर्साको वीरगञ्जमा भेटिएको एउटा बेवारिसे शवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्जको घण्टाघरमा बिहीबार मृत भेटिएका २५ बर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

शवको नारायणी अस्पतालमा पोष्टमार्टम गरेपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो।

नारायाणी अस्पतालमै गरिएको पीसीआर परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताललाई उद्यृत गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

शव उठाउने कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए। नेपालमा यसअघि १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको भएपनि यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ। नेपालमा कोरोनाका कारण मृत्यु भएका अधिकांशमा मृत्यु भएपछि मात्रै संक्रमण पुष्टि भएको छ।

यसैबीच, पर्सामा आज ५ जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना पुरुष, दुई बालक र एक महिलामा संक्रमण पुष्टि भएको हो। योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.