Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

एकै दिन ४५ सङ्क्रमित पाइएपछि चीनकाे राजधानीमा कडा लकडाउन

User Photo आइतवार, जेष्ठ ३२, २०७७
काठमाण्डाै ।

चीनकाे राजधानी बेइजिङ्गको केही क्षेत्रमा कडाइपूर्वक लकडाउन लागू गरिएको छ । पछिल्लो ५० दिनपछि बेइजिङ्गमा पहिलोपटक कोरोनाभाइरसका सङ्क्रमित पाइएपछि केही भागमा लकडाउन गरिएको हो ।

बेइजिङ्गको एक थोक सामग्री पाइने बजारसँग सङ्क्रमण सम्बन्धित रहेको बीबीसीले उल्लेख गरेको छ । उक्त बजारसँग सम्बन्धित ५१७ जनामा कोरोना सङ्क्रमणको परीक्षण गरिँदा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । करिब ११ टोलमा लकडाउन लगाइएको छ । सङ्क्रमण हुन सक्ने आशङ्कामा बजारमा कार्यरत दश हजार जनाभन्दा बढीमा परीक्षण गरिँदैछ । उक्त बजारमा किनमेल गर्न गएका व्यक्तिलाई पनि परीक्षणका लागि अधिकारीहरूले निर्देशन दिएका छन् ।

चिनफाडी बजार चीनको दक्षिण पश्चिम बेइजिङ्गको फेङ्गटल जिल्ला अन्तगर्त पर्छ । शनिबार सबेरै उक्त बजार बन्द गरिएको छ । बजार पुगेका दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि यस्तो सर्तकता अपनाइएको छ । लगत्तै गरिएको परीक्षणमा बजारका ४५ जनामा भाइरसको पुष्टि भयो । बजारमा युद्धकालमा लगाइने जसरी लकडाउन अपनाइएको छ । नजिकको विद्यालय र सार्वजनिक यातायात पूर्णरुपमा बन्द गरिएको छ । सयौँको सङ्ख्यामा सैन्य दस्ता बजारभित्र प्रवेश गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.