Naya Media
बुधबार, असार १७, २०८३
| | July 1, 2026
बुधबार, असार १७, २०८३

बलिउड नायक सुशान्त सिंह राजपूतले गरे आत्महत्या

User Photo आइतवार, जेष्ठ ३२, २०७७
काठमाण्डाै ।

बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रा स्थित फ्ल्याटमा उनको शव भेटिएको हो। अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन।

३४ वर्षीय सुशान्तका नोकरले यस घटनाको जानकारी पुलिसलाई दिएका थिए। सुशान्तर ब्याकअप डान्सरका रुपमा बलिउडमा करिअर सुरु गरेका थिए। क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्मबाट उनी स्थापित हुदै गएका थिए ।

टेलिभिजनमा उनको पहिलो सिरियल बालाजी टेलिफिलिम्सको ‘किस देश में है मेरा दिल’ थियो। त्यसपछि उनले चलचित्रमा अभिनय थालेका थिए। यसमा उनले प्रीत जुनेजाको भूमिका निभाएका थिए। त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलबाट उनले चर्चा बटुले।

उनी डान्स रियलिटी शो ‘जरा नच के दिखा २ र झलक दिखला जा ४ मा पनि देखिए। उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा पनि अभिनय गरेका थिए। उनको अभियनयको प्रशंसा भइरहेको थियो।

पछिल्लो पटक बलिउडका चर्चित हस्तीहरुको मृत्यु भएको छ। अप्रिल महिनामा चर्चित अभिनेताहरु ऋषि कपुर, इरफान खानसँगै गायक एवं संगीतकार वाजिद खानको पनि मृत्यु भएको थियो। सुशान्त सिंह राजपूतको जन्म बिहारको पटनामा भएको थियो। सन् २००० को शुरुवातमा उनको परिवार दिल्ली सरेको थियो। सुशान्तका ४ जना बहिनी छन्। उनीहरुमध्ये एक मितु राज्यस्तरकी क्रिकेट खेलाडी हुन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.