काठमाण्डाै ।
आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।
हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।
साथै थप एकजनाकाे काेराेना संक्रमण बाट मृत्यु भएकाे पनि मन्त्रालयले जानकारी गराएकाे छ । याे संगै संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ पुगेकाे छ ।
