Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

दैलेखमा एकै दिन १ सय ८४ जना डिस्चार्ज

User Photo मङ्लबार, असार २, २०७७
काठमाण्डाै ।

कर्णालीमा सबैभन्दा बढी संक्रमित भेटिएकाे दैलेखमा मंगलबार १ सय ८४ जनाले कोरोना जितेका छन्। दुल्लु अस्पतालबाट २७ जना र दैलेख अस्पतालबाट १ सय २० जना डिस्चार्ज भएका हुन्।

११ वटा स्थानीय तह रहेको दैलेखमा कर्णालीकै पहिलो संक्रमित आठबिस नगरपालिकामा भेटिएका थिए।

जिल्लामा हालसम्म नारायण नगरपालिकामा संक्रमितको संख्या धेरै छ भने दोस्रो बढी संक्रमीत नौमुले गाउँपालिका हो।

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार मंगलबारसम्म दैलेखमा कोरोना संक्रमितको संख्या ६३३ पुगेको छ। तीमध्ये ५ सय ९३ जना पुरुष छन्।

कोरोना जित्नेहरूमा १ सय ९९ जना कोरोनाका बिरामी रहेको नारायण नगरपालिकाबाट हालसम्म ४ महिला र १ सय ४१ जना पुरुष कोरोना संक्रमणबाट निको भएका छन्।

७२ जना संक्रमित रहेको दुल्लुमा हालसम्म २ जना महिला २७ जना पुरुष गरी ३४ जनाले कोरोना जितेका छन्।

६८ जना कोरोनाका बिरामी रहेको डुंगेश्वर गाउँपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जनाले कोरोना जितेका छन्।

हाल सम्म २ जना पुरुषमा कोरोना पुष्टि भएको गुरास गाउँपालिकामा दुबै जनाले कोरोना जितेर घर गएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.