Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

थ्रोट स्वाब राख्ने भाँडो नहुँदा सुदूरपश्चिममा स्वाब सङ्कलन रोकियो

User Photo बुधबार, असार ३, २०७७
काठमाण्डाै ।

सुदूरपश्चिममा थ्रोट स्वाब सङ्कलनको कार्य रोकिएको छ । थ्रोट स्वाब राख्ने भाँडो अर्थात् भिटिएम नहुँदा स्वाब सङ्कलन पुनः रोकिएको हो । थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब सङ्कलन पूर्णरूपमा रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए ।

उनले सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएमको मौज्दाता सकिएपछि अहिले पूर्णरूपमा स्वाब सङ्कलनको कार्य रोकिएको बताए । भिटीएम सङ्घीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, भिटीएम सकिएपछि शङ्कास्पद र कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको समेत स्वाब सङ्कलन हुनसकेको छैन ।

यसअघि सङ्कलन गरिएका दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकोमा अब धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरिएको आरडिटी–पिसीआर मेसिनमा स्वाब नभएर परीक्षण बन्द भएको जनाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन गरिएको भन्दै पाँच दिनका लागि स्वाब सङ्कलन रोकेको थियो । स्वाब सङ्कलन शुरु भएको एक सातामै फेरि भिटिएम सकिएपछि स्वाब सङ्कलन बन्द भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.