Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

यी देश, जसले अनुशासनले कोरोना जिते

User Photo बिहिबार, असार ४, २०७७
काठमाण्डाै ।

न्यूजिल्याण्ड

पछिल्लो समय कोभिड १९ मुक्त घोषणा भएको मुलुक हो, न्यूजिल्याण्ड। जुन ८ तारिखका दिन न्यूजिल्याण्डलाई कोरोनामुक्त मुलुक घोषणा गरिएको थियो। प्रधानमन्त्री जसिन्डा आर्डनले कोभिड १९ को संक्रमण फैलिन नदिन कडा लकडाउन लागू गरिन्। दुई साता लकडाउनलाई निकै कडाई पारिएको थियो भने विदेशबाट आउनेलाई रोक लगाइएको थियो। न्यूजिल्याण्डमा ६ जनाको ज्यान जाने बित्तिकै लकडाउन घोषणा गरिएको थियो।

लकडाउनको कार्यान्वयनमा कडाई गरेकै कारण त्यहाँ संक्रमण फैलिन पाएन। न्यूजिल्याण्डमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६ पुगेको छ। यहाँ कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भइसकेको छ। यद्यपी न्यूजिल्याण्ड कोरोना मुक्त मुलुक घोषणा भएलगत्तै दुई जनामा संक्रमण भेटिएको छ। दुबै महिलाहरु आफ्नो अभिभावकको दाहसंस्कारमा सहभागी भई बेलायतबाट आएको बताइएको छ। न्यूजिल्याण्डमा जुन ८ देखि विदेशबाट आएका सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने प्रावधान छ। अहिले न्यूजिल्याण्डमा लकडाउन पूर्णरुपमा हटाइएको छ।

भुटान

कोभिड १९ बाट मुक्त हुने मुलुकको सूचीमा भूटान पनि एक हो। दक्षिण एसियाली मुलुक भुटानमा ७ जना संक्रमित भेटिएको अहिले सबै निको भएर घर फर्किसकेका छन्। कोरोनबाट एक जनाले पनि ज्यान गुमाउनु नपरेको सफलताको कथा भुटानको नाममा छ। संक्रमण नफैलियोस् भनेर दैनिकजसो भुटानमा प्रार्थना गरिन्थ्यो। यसका कारण संक्रमण कति रोकियो यो छुट्टै बहसको विषय होला तर प्रमुख कारण त्यहाँको सरकार र नागरिकले पालना गरेको कडा अनुशासन नै हो।

मार्च ६ मा भुटानमा पहिलो संक्रमण भेटिएको थियो। उनी अमेरिकी ७६ वर्षीय अमेरिकी नागरिक थिए। त्यसपछि भुटानले परीक्षणलाई व्यापकता दियो। साथै ट्याकिङ र ट्रेसिङलाई निकै महत्व दियो। सरकारी संयन्त्रलाई प्रभावकारी बनाइयो। विदेशबाट आउने अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरियो।

सिमित साधन स्रोतका बाबजुत व्यापक परीक्षण, व्यवस्थित र प्रभावकारी क्वारेन्टाइन र सीमामा कडाइका कारण भुटानले कोरोना संक्रमणबाट बाहिर निस्कन सफल भएको हो।

कम्बोडिया

कम्बोडियामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १२८ पुगको छ, जसमध्ये १२६ जना निको भइसकेका छन्। अप्रिल १२ देखि मे अन्तिमसम्म कम्बोडियामा एक जना पनि थप संक्रमित भेटिएनन्। जुन महिनामा ६ जनामा संक्रमण भेटिएको ४ जना निको भइसकेका छन्।

कम्बोडियोले सुरुमै परीक्षणमा जोड दियो भने कन्ट्राक ट्रेसिङलाई व्यापक बनायो। साथै विदेशीलाई आउन रोक लगाइयो, शैक्षिक संस्थाहरु र मनोरञ्जन स्थल बन्द गरिए। मान्छेहरुलाई हिँडडुल गर्न रोक लगाइयो। करिव १५ हजार गार्मेन्ट कामदारलाई क्वारेन्टाइनमा राखियो। अहिले पनि सीमा नाकामा, विमानस्थल, बन्दरगाह र क्वारेन्टाइनमा विशेष सावधानी अपनाइएको छ। कतिपयले भने न्यून संख्यामा कोरोना परीक्षण भएका कारण पनि संक्रमितको संख्यामा कमी देखिएको दावी गरेका छन्।

भियतनाम

विश्वकै उत्कृष्ठ स्वास्थ्य सुविधा भएका मुलुकहरु कोभिड १९ नियन्त्रणमा असफल भइरहेका छन्। यस्तो बेला कमजोर स्वास्थ्य सुविधा भएको भियतनाम भने कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको छ। भियतनाममा ३३५ संक्रमित रहेको ३२५ जना निको भएका छन् भने एक जनाले पनि कोरोनाका कारण ज्यान गुमाउनुपरेन। कोरोना नियन्त्रणमा भियतमानको सफलता धेरैका लागि आश्चर्यको विषय बनेको छ।

कोरोनाबारे समयमै जनचेतना, जनताको सहयोग र उपयुक्त सरकारी कदमका कारण भियतनाम कोरोना नियन्त्रणमा सफल भएको विज्ञहरु बताउँछन्। जति बेला चीनमा कोरोना संक्रमण देखियो, भियतनामले तत्कालै चिनियाँ पर्यटनलाई आफ्नो मुलुक प्रवेशमा रोक लगायो। यसले पनि बाहिरबाट संक्रमण आउन नदिन ठूलो मद्धत पुग्यो। लगत्तै बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राखियो भने उनीहरु गएका क्षेत्रहरु पनि सरकारले निगरानी राख्यो।

स्थानीय प्रशासनले संक्रमित व्यक्ति गएका प्रत्येक ठाउँमा कन्ट्राक ट्रेसिङ गर्यो साथै भियतनाम सरकारले सम्पूर्ण राजनीतिक शक्ति र जनतालाई कोरोना नियन्त्रणमा प्रभावकारी परिचालन गर्यो। नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता राखेर सम्पूर्ण आर्थिक गतिविधिमा रोक लगायो। भियतनाम सरकार सत्रुसँग युद्ध लडेझै कोरोना महामारीसँग युद्ध लड्यो। भियतनामले परीक्षण किट आफैले विकास गर्यो। जसले एक घण्टामै परिणाम दिनसक्यो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.