Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर-भाउजुको शव फेला

User Photo शनिबार, असार ६, २०७७
काठमाण्डाै ।

माङसेबुङ गाँउपालिका–६ मा एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर-भाउजुको शव फेला परेको छ। माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव फेला परेकाे प्रहरीले जनाएको छ।

बिहीबार बिहान कसैलाई नभनी घरबाट हिँडेका देवर र भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिब ७०० मिटर टाढा रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए।

घटनाबारे प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकुमार साह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेको छ। दुवैजनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवी लगिएको छ। घटनाको प्रकृति हेर्दा शंकास्पद नै देखिएको प्रहरी निरीक्षक तेलीले बताए। थप विवरण पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुने तेलीले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.