Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका एक युवककाे मृत्यु

User Photo आइतवार, असार ७, २०७७
काठमाण्डाै ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका-५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

गत जेठ १६ थते भारतको हिमाचलबाट फकिएका उनी छिन्चुमा रहेको शारदा माध्यामिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए ।

क्वारेन्टिनमा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि युवकलाई घर पठाइएको भेरीगंगा नगरपालिका नगर स्वास्थ्य प्रमुख राजेश बुढाले जानकारी दिए । उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो ।

आज बिहान (आइतबार) ती युवकलाई एक्कासी झाडापखला लागेपछि छिन्चुस्थित गेणेश मेडिकलमा ल्याइएको र उपचारमै क्रममा उनको मृत्यु भएको स्वास्थ्य प्रमुख बुढाले बताए ।

उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश अस्पताल वीरेन्द्रनगर पठाइएको छ । पीसीआर रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बुढाले बताए । युवकको शव प्रहरीको निगरानीमा मेडिकलमै राखिएको छ ।

यसअघि सुर्खेतकै पञ्चपुरी नगरपालिकामा पनि आरडीटी गरेर घर पठाइएका एक युवकको पनि मृत्यु भएको थियो । मृत्युपछि पीसीआर जाँच गर्दा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.