Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

कैलालीमा थपिए ६२ जना संक्रमित, कहाँका कति ?

User Photo मङ्लबार, असार ९, २०७७
काठमाण्डाै ।

पछिल्लाे अपडेट अनुसार कैलालीमा थप ६२ जना नयाँ काेराेना संक्रमित थपिएकाछन । याे संगै कैलाली जिल्लामा संक्रमितकाे संख्या ४ सय ३ पुगेकाेछ । सुदुरपश्चिममै सबै भन्दा धेरै संक्रमित कैलालीकै रहेकाछन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १६ जना र सेती प्रादेशिक अस्पतालकाे प्रयाेगशालामा भएकाे परिक्षणमा ४६ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे ।

धनगढी प्रयोगशालामा भएकाे परिक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । ४२ बर्षीया महिलाको स्थानीय तह खुलेको छैन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा कैलाली एक महिला र १५ पुरुष गरी १६ जनामा काेराेना पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ। उनीहरू स्थानियतह खुल्न बाकी छ ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय ७७ पुगेको छ भने कैलालीमा जम्मा संक्रमित संख्या चार सय तीन पुगेकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.