Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

क्वारेन्टिनबाट घर फर्किएका जानकी गाउँपालिकाका एक युवकको मृत्यु

User Photo मङ्लबार, असार ९, २०७७
कैलाली ।

कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका एक अर्का युवकको पनि मृत्यु भएकाे छ ।

जिल्लाको जानकी गाउँपालिका वडा नम्वर- ९ पूर्वखैरीफाटा टोलका ३४ बर्षीय एक युवकको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको वडा अध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनु भयो ।

मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाउने तयारी भईरहेको बताउनु भयो । जेठ १५ गते भारतबाट आएका उनी २८ गते श्रीमती र छोरीसंगै क्वारेन्टिनबाट घर फर्किएका थिए। उनीहरू जनता आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिन बसेका थिए।

यस अघि हिजाे मात्रै क्वारेन्टिनबाट घर पठाइएका लम्किचुहा नगरपालिकाका एक पुरूषकाे मृत्यु भएकाे थियाे । उनकाे रिपाेर्ट नेगेटिभ देखिएकाेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.