Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

सुदूरपश्चिममा पछिल्लाे २४ घण्टामा थप २ सय ७२ जनामा कोरोना पुष्टि

User Photo बुधबार, असार १०, २०७७
काठमाण्डाै ।

सुदूरपश्चिममा पछिल्लाे २४ घण्टामा थप दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विर अस्पतालको प्रयोगशाला र धनगढी प्रयोगशालामा भएको परीक्षणमा एकैदिन अहिलेसम्मकै बढि संक्रमित फेला परेका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष सहित ८५ जना, कैलालीमा ९ महिला र ३९ पुरुष सहित ४८ जना, डोटीमा १० महिला र ३८ पुरुष गरी ४८ जना, अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

उनका अनुसार अछामका एक महिला र १३ पुरुष गरी थप १४ जनामा विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट कोरोना पुष्टि भएको छ।

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार पाँच सय ४९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ८, डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ६०, डोटीमा दुई सय नौँ, कञ्चनपुरमा एक सय ९४, अछामका एक सय १२, बाजुराका एक सय, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७५ जना निको भएर घर फर्किसकेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.