Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

लकडाउन तोडेको आरोपमा पक्राउ परेका बाउ–छोराको हिरासतमा मृत्यु भएपछि हंगामा

User Photo आइतवार, असार १४, २०७७
काठमाण्डाै ।

लकडाउन उल्लंघनको आरोपमा भारतको तमिलनाडुमा पक्राउ परेका एक पिता र उनका छोराको कथित रुपमा प्रहरी हिरासतमा भएको उत्पीडनका कारण मृत्यु भयो जसका कारण पूरा राज्यमा आक्रोशको माहौल छ ।

५८ वर्षका के पी जयराज र ३८ वर्षका उनका छोरा बेनिक्सलाई लकडाउनको क्रममा तोकिएको समयमा पनि पसल खुल्ला राखेको आरोपमा पक्राउ गरिएको थियो । तमिनाडुमा अहिले पनि कोरोनाका कारण लकडाउन छ ।

जयराज र बेनिक्सलाई प्रहरी हिरासतमा राखिएको थियो । दुई दिनपछि दुबैको मृत्यु भयो । दुबैको मृत्युबीच केहि घण्टाको मात्रै अन्तर थियो ।

जयराज र बेनिक्सका आफन्तले हिरासतमा दुबैलाई यातना दिइएको आरोप लगाएका छन् ।

यो घटना भारतको पहिलो घटना भने होइन । लकडाउनको क्रममा देशका विभिन्न हिस्सामा कथित रुपमा प्रहरीको बर्बरता र यातनाको खबर आएको थियो । यो घटनालाई पनि यसैको उदाहरण मानिएको छ ।

जयराज थुतुकुडी तुतीकोरिन जिल्लाको सतानकुलमका निवासी थिए । सतानकुलममा उनका छोरा बेनिक्सको एपिजे मोबाइल्स नामको एउटा सानो मोबाइल पसल थियो ।

शुक्रबार १९ जूनमा जब प्रहरी यो इलाकामा पसल बन्द गर्न आइपुगे तब बेनिक्सको उनीहरुसँग बहस भएको थियो ।

त्यसपछि सतानकुलम प्रहरीले बेनिक्स र उनका पिताविरुद्ध एफआइआर दर्ता गरेका थिए त्यसपछि जयराजलाई प्रहरी स्टेशन पुर्याइयो ।

बुवाका पछिपछि बेनिक्स पनि प्रहरी स्टेशन पुगे र उनलाई पनि बुवासँगै जेलभित्र थुनियो ।

प्रहरीको एफआइआरका अनुसार लकडाउनमा प्रहरी जब निश्चित समयपछि खोलिएको पसल बन्द गराउन पुगे तब त्यहाँ जयराज, बेनिक्स र उनका केहि साथी उनको पसलको अगाडि उभिएका थिए । प्रहरीले उनलाई आ–आफ्नो घर जानका लागि भने तर उनीहरुले प्रहरीलाई गाली गरे र प्रहरीलाई उनीहरुको काम गर्न दिएनन् ।

एफआइआरका अनुसार उनीहरुले प्रहरी अधिकारीलाई हत्या गरिदिने धम्कीसमेत दिए ।

कोविलपट्टीको सरकारी अस्पतालमा सोमबार राती बेनिक्सको मृत्यु भयो र त्यसपछि मंगलबार सबेरै जयराजको मृत्यु भयो ।

जिल्लाका एक अधिकारीले नाम नबताउने शर्तमा बीबीसीलाई भने, ‘सोमबार जून २२ कम बेलुका छाती दुखेपछि ढलेका थिए । त्यसपछि जेल सुपरिन्टेन्डेन्टको मद्दतले ड्युटीमा तैनाथ वार्डनले उनलाई उपचारका लागि कोविलपट्टी सरकारी अस्पतालमा भर्ना गरे । तर राती करिब ९ बजे उनको मृत्यु भयो । त्यसको केहि घण्टापछि जयराज पनि बिरामी भए र उनलाई पनि अस्पताल भर्ना गरियो । मंगलबार बिहानै पाँच बजे उनको मृत्यु भयो ।’

उनीहरुका आफन्त चार्ल्सले भने, ‘प्रहरीले एफआइआरमा भनेको छ कि भुईंमा लडेका कारण उनीहरुलाई आन्तरिक चोट लाग्यो । के यस्तो पनि सम्भव छ, यसरी लडेर कसैको मृत्यु हुनसक्छ ? सतानकुलममा थुप्रै जेल छन् । उनीहरुलाई सय किलोमिटर टाढा कोविलपट्टीको जेलमा किन राखिएको थियो ?’

आफन्तले आरोप लगाए अनुसार बेनिक्सको मृत्यु अत्यधिक रक्तश्रावका कारण भएको हो । बेनिक्सको मलद्वारमा लठ्ठी छिराइएको आरोप छ । यद्यपि, प्रहरीले आधिकारिक पोस्टमार्टम रिपोर्ट अदालतमा पेश गर्नै बाँकी छ ।

स्रोतः बीबीसी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.