Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

बुद्धशान्ति गाउँपालिकामा प्रेस क्लबले बुझायाे ध्यानाकर्षण पत्र

User Photo आइतवार, असार १४, २०७७
झापा ।

क्रियाशिल पत्रकारहरुको संगठन बुद्धशान्ति प्रेस क्लबले आज बुद्धशान्ति गाउँपालिकामा ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

सञ्चारकर्मी तथा सञ्चार संस्थाका विषयमा गाउँपालिका गम्भीर नभएकाे, महत्त्वपूर्ण विषय र कार्यक्रममा सञ्चारकर्मी लाई वेवास्ता गरिएको भन्दै जनताका लागि सहज सूचनाकाे पहुच मिलाउन माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्लेको नेतृत्वमा गएकाे टाेलीले बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेललाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझायाे ।

बुद्धशान्ति गाउँपालिकाका प्रत्येक सञ्चारमाध्यममा समानुपातिक लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउनु पर्ने, कम्तिमा प्रत्येक ३ महिनामा गाउँपालिकाका गतिविधिका बिषयमा पत्रकारसँग अन्तरक्रिया गर्नुपर्ने, जनताले हरेक कुराको सूचना पाउनु पर्ने र त्यसका लागि सूचना पाउने कुरामा पत्रकारलाई महत्वमा राखेर सूचना प्रवाह गर्ने तर्फ पालिकाको गम्भिर ध्यानाकर्षण गरिएको छ ।

साथै राष्ट्रिय सञ्चार माध्यममा दिइने बिज्ञापन, सूचना प्रकाशित गर्दा स्थानीय बिज्ञापन एजेन्सी वा स्थानीय पत्रकार मार्फत दिइनु पर्ने पनि माग राखिएकाे छ ।

गाउँपालिकाले गर्ने महत्वपूर्ण कार्यक्रमहरुमा सञ्चार माध्यम र सञ्चारकर्मीलाई पूर्व आधिकारिक जानकारी नदिने गरिएकाेमा आगामी दिनमा सहज सूचनाको ब्यवस्था मिलाउन भनिएकाे छ । साे गाउँपालिकाका सञ्चार संस्थाको लगत लिन माग गरिएकाे छ ।

पत्रकार र सञ्चारसंस्थालाई दर्विलो र प्रभावकारी बनाउनु सरकारको पनि दायित्व हो भन्दै तालिम गोष्ठिको माध्यमबाट पत्रकारले पत्रकारिता पेशामा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने हुँदा त्यस विषयलाई सम्बोधन गर्ने गरी बजेट विनियोजन होस् भन्ने माग बुद्धशान्ति प्रेस क्लबले राखेको छ ।

सूचना दिन कन्जुस्याईं नगर्न अनुरोध गर्दै खवरदारी गरेर सकारात्मक नतिजाका लागि आम सञ्चारको भूमिका निर्वाह गर्न सञ्चारकर्मीलागि परिरहेको भन्दै राज्यका लागि आमसञ्चारको भूमिका महत्वपूर्ण रहेको तर्फ गाउँपालिकाले मनन गर्न अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्ले, सल्लाहकार उमाकान्त खनाल, पत्रकार बिष्णु लामिछाने लगायतले आफ्नो आफ्नो धारणा राखेका थिए । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत ईन्द्रप्रसाद चापागाईं, बुद्धशान्ति २ का वार्ड अध्यक्ष दिलिप श्रेष्ठ, ४ का वार्ड अध्यक्ष बुद्धिमान लिम्बु, ७ का वार्ड अध्यक्ष मातृका पौडेल लगायतको उपस्थिति थियो ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रेस क्लबका उपाध्यक्ष आयुष निराैला, सचिव दीपेन लावती, सहसचिव राेसन भट्टराई, कोषाधक्ष्य नबिना कुँईकेल लगायत १ दर्जन बढी सञ्चारकर्मी को उपस्थिति थियाे ।

सो क्रममा ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष भुजेलले यस विषयमा आफूहरुको सकारात्मक भूमिका रहने आश्वासन दिनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.