Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

कैलालीको लम्किचुहा बाट जुवा खेलीरहेका ७ जना पक्राउ

User Photo मङ्लबार, असार १६, २०७७
लम्की, कैलाली ।

कैलालीको लम्किचुहा बाट जुवा खेली रहेका ७ जना पक्राउ परेका छ्न । मंगलबार करिव अपरान्ह ४:४५ बजेको कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ६ स्थित चोरीपुर खोलाको किनारमा रहेको पुरानो कुखुराको खोरमा जुवा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे।

लुकेर केही व्यक्तिहरू जुवा खेलिरहेकाे बिशेष सुचनाका आधारमा क्षेत्रिय अनुसंन्धान समुह (RIT) र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटीएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएकाे थियाे । साथै जुवाडेहरूबाट प्रहरीले नगद रु. दुइलाख उन्नसाठी हजार सात सय रूपैयाँ, तासको गड्डी ३ थान, कम्मल २ थान र मोबाईल ८ थान बरामद गरेकाे छ । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४३ को दिपक भण्डारी, लम्की चुहा ४ कै बर्ष २८ को प्रकाश शाही सोही स्थानका बर्ष ३२ को प्रजिन राई, बर्ष ३४ को कृष्ण बिष्ट, बर्ष ४० को नवल बुढा, लम्किचुहा २ बस्ने बर्ष ३९ को नर बहादुर शाही र टिकापुर नगरपालिका १ बस्ने बर्ष ३० को प्रकाश खडका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएकाे छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.