Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

खुल्ला चौरमा राखेर विद्यार्थी पढाउन सुरु

User Photo बिहिबार, असार १८, २०७७
काठमाण्डाै ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेमा रहेको जनता कृष्ण माविले विद्यार्थीलाई चौरमा राखेर पठन पाठन सञ्चालन गरेको छ । लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरे पनि ग्रामीण भेगमा विद्यार्थीको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कार्यक्रम प्रभावकारी नदेखिएपछि चौरमा राखेर पढाउन सुरु गरेको विद्यालयका शिक्षक प्रकाश भुसुालले बताए ।

लामो समय विद्यालय जान नपाएर अन्यौलमा परेका विद्यार्थी खुल्ला चौर भए पनि पढ्न पाउँदा खुशी छन् । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै दुरी कायम गरी पठन–पाठन सञ्चालन गरिएको र विद्यार्थी र शिक्षकलाई पायक पर्ने गरी फरक–फरक स्थानमा राखेर विद्यार्थीहरुको पठन–पाठन भइरहेको विद्यालयका शिक्षक भुसालको भनाइ छ ।

कोरोना महामारीका कारण पठन–पाठन अनिश्चित भएपछि विद्यालयले विद्यार्थीलाई सामजिक दुरी कायम राख्दै मास्क र स्यानिटाइजरको प्रयोग गरेर खुल्ला चौरमा राखेर पठन–पाठनसँगै कोरोना सचेतनाका जगाएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले बताए । तीन महिनादेखि घरमै रहेका विद्यार्थीको स्मरणशक्तिमा ह्रास आएको भन्दै खुल्ला चौरमा राखेर पठन–पाठन र कोरोना सम्बन्धी आवश्यक शिक्षा र परामर्श दिने गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई पहिलो चरणमा दिनमा दुईदेखि तीन घन्टा चौरमा सामाजिक दूरी कायम गर्दै पठन–पाठन सञ्चालन गरिएको छ । वर्षा भएको समयमा भने कक्षा बन्द रहनेछ । तत्काल विद्यालय खोल्न सक्ने वातावरण नभएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीको सहमतीमा विद्यालयले वैकल्पिक विधिबाट पठन–पाठन सुरु गरेको विद्यालयले जनाएको छ ।

नगरपालिकासँग समन्वय गरी जिल्लामा पहिलोपटक आफ्नो वडाबाट पठन–पाठनको सुरुवात गरिएको सन्धिखर्क नगरपालिका–८ का अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी समेत भर्ना भएका छन् । उनीहरूलाई किताब वितरण गरिएको छ । एउटा समूहमा २० जना विद्यार्थी राखेर अध्ययन भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.