सामाजिक कार्यमा अहोरात्र समर्पित युवा अभियन्ता अर्जुन भूषालले बिभिन्न व्यक्तित्वहरूको सहयोगमा एकजना गरिब/दु:खि बृद्व नर बहादुर परियारको लागी घर निर्माण गरिदिएका छन् ।

पवित्र उद्वेश्यका साथ अर्जुनले विभिन्न सहयोगि हातहरुको सहयोगमा ती बृद्धको घर निर्माण गरेका हुन । घर निर्माणका लागी कुल २ लाख ६३ हजार ९ सय ४२ रुपैया संकलन भएको थियो । घर निर्माणमा २ लाख ४४ हजार ४ सय पैतिस रुपैया खर्च भएको भुसालले बताउनु भयो ।
बाकि रहेको नगद १९ हजार ५ सय ७ रुपैया अभियन्ता अर्जुन भूषालले नरबहादुर परियारलाई नै हस्तान्तरण गरे । समाज सेवा र सामाजिक काम लाई पवित्र मान्ने भुसाल बिगत केही वर्ष देखि सामाजिक कार्यमा निरन्तर लागि रहेका छन ।

घर र परियारकाे पहिले र अहिलेकाे अवस्था
अर्जुन भन्छ्न “म को हु के हु मलाइ थाहा छैन बस यति कुरा थाहा छ कि समाजका लागि केहि गर्नुपर्छ भन्ने सोच छ । सामाजिक कार्यमा जानि नजानि लागिरहेकै छु । बिभिन्न ठाउमा सहयोग गर्ने क्रममा छौ, गरिरहेका पनि छौ” ।
सहयाेगी दाताहरू


