Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

नेकपा विवाद चुलिदै गर्दा चिनियाँ राजदूत सक्रिय, माधव नेपालकै निवासमा भेटघाट

User Photo सोमवार, असार २२, २०७७
काठमाण्डाै ।

सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन्।

भेटबारे नेपालको सचिवालयले पुष्टि गरेको छ। तर कुराकानी के भए भन्नेबारे बताइएको छैन। नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्काेतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ। ओली र दाहालबीच बालुवाटारमा बसेको छलफल आइतबार पनि निष्कर्षमा नपुगेपछि दिउँसो दाहालसँग छलफलको बिफ्रिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए।

ओली र दाहाल मिलन भए पनि नेपाल कतै नमिल्ने हो कि भन्ने आशंका भइरहेका बेला यान्छी नेपाल भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि वैशाख १७ मा पनि प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि बढेको विवाद मिलाउन उनले भूमिका खेलेको आरोप लाग्दै आएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.