Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

ओली र प्रचण्ड मिल्ने संकेतले नेपाल चिन्तित, वार्तामा वरिष्ठ नेता राख्न माग

ओली र प्रचण्ड मिले आफूहरु पेलानमा पर्ने भन्दै नेपाल समूहकाे वार्तामा वरिष्ठ नेताहरुलाई पनि राखिनुपर्ने माग

User Photo मङ्लबार, असार २३, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल अघि बढेसंगै नेकपा विवाद यस अघि जस्तै सहमतीमा टुङ्गिने संकेत देखिएपछी वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सशंकित भएकाेछ ।

नेकपाको विवाद समाधानका लागि आज पुनः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुँदैछ। अध्यक्षद्वयको छलफलको समय भने निर्धारण भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ।

सहमतिको खाकासहित आज अध्यक्षद्वयबीच छलफल हुने जनाइएको छ। यस अघि हिजो ओली र प्रचण्डबीच भएको वान टु वान वार्ता सकारात्मक भए पनि बिना निष्कर्ष टुंगिएको थियो।

अनौपचारिक कार्यदलले तयार पार्ने सहमतिको खाकासहित आज अध्यक्षद्वयबीच वार्ता हुन लागेको स्रोतले जनाएको छ। आज जसरी पनि अध्यक्षद्वयबीच सहमति गराउने प्रयासमा नेताहरु लागेका छन्। आज सहमति भए भोलि स्थायी कमिटी बस्ने छ। असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ।

नेकपा नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई गृहकार्य गर्ने र सहमतिको खाका बनाउने जिम्मा दिइएको छ। कार्यदल भनेर घोषणा नै नगरेपनि चार जनाको टोलीलाई अरु नेतासँग समेत बसेर सहमतिको खाका बनाउने जिम्मा दिइएको थियो। ती नेताहरुले बनाएको सहमतिको खाकाका आधारमा शीर्ष नेताबीच छलफल हुने भएको हो।

यसैबीच ओली र प्रचण्डबीच संवादको वातावरण बनिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने आशंका व्यक्त गरेको छ। पहिले जस्तै दुई अध्यक्षबीच सहमति भएमा आफूहरु पेलानमा पर्ने भन्दै नेपाल समूहले वार्तामा वरिष्ठ नेताहरुलाई पनि राखिनुपर्ने जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.