नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।
सप्तरी जिल्लाका ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए। असार ३१ गते अस्पतालमा भर्ना गरिए उनकाे शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको बिपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए।
उनले भने,’ अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ। अस्पताल प्रशासन र शव व्यवस्थापनसँग छलफल भइरहेको छ।‘ योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेकाे छ।
