Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका तीन जनाको मृत्यु

User Photo शुक्रबार, साउन २, २०७७
काठमाण्डाै ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय प्रेमराज विकको घर माथिबाट आएको पहिरोमा पुरिएर उनका नातिहरु १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया नातिनी रोजिना विकको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

उनका अनुसार तीनै जना एउटै कोठामा सुतिरहेका थिए । शुक्रबार बिहानपख खसेको पहिरोमा परी उनीहरु सुतेकै अवस्थामा पुरिएको प्रहरीले बताएको छ । प्रेमराज दम्पती भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्तक तीन जनाको शव पहिरोबाट निकालिसकेको डीएसपी हमालले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.