Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग माग्दै माइतीघरमा प्रदर्शन

User Photo शुक्रबार, साउन ९, २०७७
काठमाण्डाै ।

श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध प्रदर्शन भएको छ ।

शुक्रबार स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.