Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय समूहबाट आक्रमण

User Photo शनिबार, साउन १०, २०७७
काठमाण्डाै ।

नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको हो ।

परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल छिर्न नदिएको भन्दै भारतीयहरुले सशस्त्र टोलीमाथि आक्रमण गरेको हो । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले बताए । पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन् । त्यसपछि आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजितले जनाए ।

आक्रमणबाट सशस्त्र प्रहरीका एक जना जवानको हाट काटेको उनले जानकारी दिए । घटनापछि सीमा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो । भारतीयहरुको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए ।

‘झन्डै २ सयको हाराहारीमा जम्मा भएका भारतीयहरु निकै आक्रामक शैलीमा प्रस्तुत भएर हतियारसमेत खोस्ने प्रयासमा लागे,’ एसपी कर्णजितले भने, ‘कोरोना संक्रमणका कारण सीमामा आवतजावत नगर्न अनुरोध गर्दा उल्टै हतियार खोस्ने र आक्रमण प्रयास गरे ।

घटनामा संलग्न भारतीय नागरिक रवीन्द्रप्रसाद कुसवाहालाई सशस्त्रले नियन्त्रणमा लिई नेपाल प्रहरीको नरकटिया चौकीमा जिम्मा लगाएको थियो । नेपाल प्रहरीले रवीन्द्रलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ७१औं बटालियन ‘ए’ कम्पनीका इन्सपेक्टर अजयकुमारलाई राति ११ बजे जिम्मा लगाइएको थियो ।

यसैबीच सशस्त्र प्रहरी प्रदेश २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका डीआईजी कृष्णभक्त ब्रम्हचार्यले घटनास्थलको अनुगमन गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.