Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

१४ बर्षीया प्रेमिका बलात्कार गरेको अभियोगमा लम्कीचुहाका एक जना काठमाण्डाैमा पक्राउ

User Photo आइतवार, साउन ११, २०७७
काठमाण्डाै ।

प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो ।

शर्माका अनुसार घटना १२ असारको हो । कार्की परिवारले भने पीडित भनिएकी किशोरी उनको प्रेमिका भएको जनाएको छ । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध पनि भएको कार्कीको भनाइ छ ।

तर, सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अपराध मानेको छ । त्यसैले मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.