Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

एक सातामा प्रहरी हेडक्‍वार्टरमा कार्यरत २७ जनालाई कोरोना संक्रमण पुष्टी

User Photo मङ्लबार, साउन १३, २०७७
काठमाण्डाै ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। एक सातायता गरिएको परीक्षणमा ती प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

नक्साल स्रोतका अनुसार संक्रमित सबैजनालाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुर र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमध्ये एकमा पठाउने तयारी गरिएको छ।

संक्रमित २७ जना प्रहरीको सम्पर्कमा आएका अन्य ३६ जना प्रहरीलाई सामाखुसीस्थित क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरुको पनि पिसिआर परीक्षणसहितका स्वास्थ्य जाँच प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.