Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५

User Photo मङ्लबार, साउन १३, २०७७
काठमाण्डाै ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणबाट बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए।योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनी दमका रोगी थिए।

सोमबार मात्र स्वास्थ्य मन्त्रालयले ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो। यस्तै मंगलबार ३११ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।मन्त्रालयका अनुसार कोरोनाका सक्रिय बिरामीको संख्या ५ जहार १ सय ३९ पुगेको छ। पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएसँगै कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ।

।क्वारेन्टाइनमा रहनेको संख्या १५ हजर ३३१ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार १ सय २९ जनाको उपचार भइराखेको छ ।कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। यो सहित कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको मन्त्रालयले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.