Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

डुवानकाे समस्या लिएर वडा कार्यलय पुगेका स्थानियलाई लम्किचुहा- ४ का वडाअध्यक्षकाे मान्छे लगाएर निकाल्ने धम्की

सडकका दायाँबायाँ रहेका नाला मर्मत गरी पानी निकाश गर्न स्थानियकाे अनुराेध

User Photo बिहिबार, साउन १५, २०७७
काठमाण्डाै ।

जनताका घरमा बाढी पस्दा पनि पानी निकासका लागी नाला मर्मत गर्न अवराेध गरेका लम्किचुहा नगरपालिका वडा नं. ४ का अध्यक्ष लाल बहादुर बाेगटीले यसबारे बुझ्न गएका स्थानियलाइ थर्काएर पठाएकाछन ।

बुधबार भइरहेकाे नाला मर्मत कार्य राेक्न सफल अध्यक्ष बाेगटीले नाला खाेल्नु पर्ने माग राख्दै वडा कार्यलय पुगेका पिडितहरूलाई नाला खाेल्दा बलियाकाे दक्षिण तर्फका जनतालाई असर पर्ने कारण देखाउदै खाेल्नै नसकिने बताए । तर घरमा बाढी पसेका स्थानियले सडकका दायाँबायाँ रहेका तर विभिन्न व्यक्तिहरूले पुरेका नाला खाेलेर पानीलाइ निकाश दिनुपर्ने अडान राखेपछी स्थानियलाई कार्यलयबाट बाहिर जान भन्दै अध्यक्षले थर्काए ।

पिडा बाेकेर वडा कार्यलय पुगेका स्थानियले नै अध्यक्षकाे थर्काइ खाएपछी पिडित स्थानिय र वडाध्यक्ष विच केही समय चर्काचर्की भएकाे थियाे ।

त्यसै क्रममा वडाअध्यक्ष बाेगटीले मान्छे लगाएर कार्यालयबाट निकाल्ने धम्की समेत दिएकाे स्थानियले बताएकाछन । स्थानिय वडा कार्यलय पुगेपछी उनले अर्काे बर्ष प्राथामिकताका साथ दिगाे रूपमा पानीकाे निकाशकाे कार्य अघि बढाइने आश्वसन दिए पनि स्थानियले तत्काल सडकका दायाँबायाँ रहेका नाला मर्मत गरी पानी निकाश गर्न अनुराेध गरेका थिए ।

वितेका बर्षहरूमा बर्षहरूमा पनि यस्तै आश्वासनबाट आजित बनेका स्थानिय नाला पनि खाेल्न अवराेध गर्ने वडाअध्यक्षकाे थर्काइपछी थप पिडा बाेकेर घर फर्किएका छन ।

बुधबार जेसीबीले नाला मर्मत गर्दै गर्दा वडाअध्यक्षकै दबावबाट काम राेकिएकाे थियाे । काम राेकिएपछी यस सम्बन्धमा नयाँ मिडियामा भिडियाे सहित समाचार प्रकाशित भएकाे थियाे । तर उक्त समाचारकाे विषयलाई लिएर अध्यक्ष बाेगटीले कुनै पक्ष नियाेजितरूपममा आफुलाई अपराधी देखाउन लागी परेकाे भन्दै आपत्ती समेत जनाएका थिए ।

त्यस्तै छलफल कार्यक्रममा केही व्यक्तिहरूले आफ्नाे निजी फाइदाका लागी अध्यक्षले नाला खाेल्न नदिएकाे भन्दै लगाएकाे आराेप निराधार भएकाे समेत दावि गरेका छन ।

याे पनि-

लम्किचुहा नगरपालिकाका जनप्रतिनिधीकाे दादागिरी, गाँउमा बाढी पस्दा नाला सम्म खाेल्न दिएनन (भिडियाे सहित)


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.