Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

सभामुख अग्नि सापकोटा निवासका कर्मचारीमा कोरोना संक्रमण, सभामुखकाे पनि काेराेना परिक्षण हुदै

User Photo शनिबार, साउन १७, २०७७
काठमाण्डाै ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सरकारी निवासका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सापकोटासहित सभामुख निवासमा कार्यरत कर्मचारीहरूको स्वाब संकलन गरिएको छ।

लकडाउन खुकुलो पारेपछि पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। सरकारी निवास र कार्यालयमा कार्यरत कर्मचारी, प्रहरी, हजाम र सवारी चालकहरूमा संक्रमण बढी देखिएको छ।

सिंहदरबारभित्र खटिएका दुई जना ट्राफिक प्रहरीसहित शुक्रबार काठमाडौंमा ३७ जना नयाँ संक्रमित थपिएका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.